२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको जनाएको छ। केही क्षेत्रको मात्र मतगणना बाँकी रहेकाले बुधबार (आज) बिहानसम्म सबै परिणाम प्राप्त हुने आयोगले जनाएको हो।

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सङ्खुवासभा, धनुषा निर्वाचन क्षेत्र नं. १, गोरखा निर्वाचन क्षेत्र नं. १ र २ लगायत केही क्षेत्रको मतगणना मात्र बाँकी रहेको आयोगले जनाएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसी का अनुसार ती क्षेत्रमा अहिले पनि मतगणना जारी रहेकाले बुधबार बिहानसम्म सबै क्षेत्रको मत परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ।

आयोगका अनुसार समानुपातिकतर्फ हालसम्म एक करोड छ लाख ५९ हजार ८५४ मतगणना भइसकेको छ।

यसअघि भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना पूरा भइसकेको आयोगले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय