२०८३ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

संयुक्त अरब इमिरेट्समा फेरि सुरक्षा सतर्कता बढाइएको छ। फेब्रुअरी २८ देखि सुरु भएको इरानका मिसाइल र ड्रोन आक्रमणको खतरा अझै कायम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

 न्युज एजेन्सीहरुका  अनुसार इरानले संयुक्त राज्य अमेरिका र इजरायलले इरानका सैन्य लक्ष्यमा गरेको आक्रमणको प्रतिशोधस्वरूप संयुक्त अरब इमिरेट्समा मिसाइल र ड्रोन प्रहार सुरु गरेको हो। यी आक्रमणहरू मुख्यतः अबुधाबीस्थित अमेरिकी सैन्य अड्डा अल धाफ्रा एयर बेस लगायतका स्थानलाई लक्षित गरी गरिएका बताइएको छ।

मार्च १० मा अबुधाबीको रुवाइस औद्योगिक क्षेत्रमा इरानी ड्रोन खस्दा ठूलो आगलागी भएको बताइएको छ। घटनापछि आपतकालीन टोली तत्काल घटनास्थलमा पुगेको थियो। सो घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ।

यसैबीच मार्च १० कै दिन अबुधाबी नजिकै एक तेल ट्याङ्कर विस्फोट भएको समाचार पनि बाहिर आएको थियो। घटनाको थप विवरण भने सार्वजनिक भएको छैन।

फेब्रुअरी २८ देखि हालसम्म इरानले सयौँ ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गरेको जनाइएको छ। संयुक्त अरब इमिरेट्सको वायु प्रतिरक्षा प्रणालीले अधिकांश मिसाइल र ड्रोन खसाल्न सफल भएको बताइएको छ।  मार्च ९ मा मात्र १२ वटा ब्यालिस्टिक मिसाइल र १७ वटा ड्रोन खसालिएको उल्लेख गरिएको छ।

यद्यपि खसालिएका मिसाइल र ड्रोनका अवशेष अबुधाबी र दुबईका केही बस्ती क्षेत्रमा खस्दा आगलागी, सम्पत्तिमा क्षति र नागरिक हताहतीका घटना भएका छन्। हालसम्म यी घटनामा ६ जनाको मृत्यु भएको र १२२ जना घाइते भएको जनाइएको छ। घाइतेमध्ये संयुक्त अरब इमिरेट्सका नागरिकका साथै पाकिस्तान, नेपाल र बङ्गलादेशका कामदार पनि रहेका छन् ।

स्थिति अझै तनावपूर्ण रहेको बताइएको छ। संयुक्त अरब इमिरेट्सले आत्मरक्षाको अधिकार प्रयोग गर्दै आवश्यक सैन्य कदम चाल्न सक्ने संकेत दिएको छ।

यसैबीच अबुधाबीको मुसाफ्फाह क्षेत्रमा बसोबास गर्ने केही स्थानीयले ठूलो आवाज सुनेको बताएका छन्। त्यहाँ अहिले वर्षा भइरहेको र आकस्मिक आवाज सुन्ने गरिएको उनीहरूले बताएका छन्।

हाल मार्च ११ मा नयाँ आक्रमणको आधिकारिक पुष्टि नभए पनि क्षेत्रीय तनाव भने कायम रहेको बताइएको छ। अन्तर्राष्ट्रिय नेताहरूले इरानको आक्रमणको निन्दा गर्दै संयुक्त अरब इमिरेट्ससँग ऐक्यबद्धता व्यक्त गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय