२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु |

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोग लागेका कांग्रेसका पूर्व सांसद सन्तोष चालिसेलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले आइतबार पाँच लाख नगद धरौटी वा सो बराबरको बैंक जमानत बुझाएर चालिसेलाई तारेख मुद्दाको पुर्पक्ष गर्न अनुमति दिएका छन्। अदालतको आदेशमा भनिएको छ, ‘प्रतिवादी सन्तोष चालिसेबाट पाँच लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिई तारेखमा राखी मुद्दा पुर्पक्ष गर्नु। यदि धरौटी रकम बुझाउन नसके कारागार पठाइदिनु।’

अर्डरपछि चालिसे धरौटी बुझाएर रिहा हुने प्रक्रियामा छन्।

२०७९ सालमा काठमाडौँ–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुअघि उनी गोकर्णेश्वर नगरपालिकाका मेयर थिए र प्रतिनिधिसभामा अर्थ समितिका सभापति समेत भएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ अवैध आर्जन गरेको आरोपसहित मुद्दा दायर गरेको थियो। आयोगको दाबी अनुसार उनी सार्वजनिक पदमा रहँदा आफ्नो जिम्मेवारीको दुरुपयोग गरी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेका थिए।

चालिसेले बयानका क्रममा आफूमाथि लगाइएको आरोप झुटो भएको र कानुनअनुसार सम्पत्ति आर्जन गरेको दाबी गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय