२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एलपी ग्यासको अवैध कारोबार, कालोबजारी वा बढी मूल्य लिने कार्य भइरहेको पाइएमा तत्काल खबर गर्न उपभोक्तालाई आग्रह गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र अभावलाई बहाना बनाएर आन्तरिक बजारमा ग्यासको अवैध कारोबार हुनसक्ने भन्दै विभागले सतर्कता अपनाएको हो। विभागले यस्तो अवैध गतिविधिबारे कुनै जानकारी भए टोल फ्री नम्बर ११३७ मा निःशुल्क फोन गरेर सूचना दिन अनुरोध गरेको छ।

पछिल्ला दिनमा बजारमा खाना पकाउने ग्यासको कालोबजारी बढेको, कृत्रिम अभाव सिर्जना गर्न ग्यास लुकाइएको तथा निर्धारित मूल्यभन्दा बढी लिएर बिक्री गरिएको गुनासो आएपछि विभागले यस्तो कदम चालेको जनाएको छ।

आम उपभोक्तालाई ठगीबाट जोगाउन र बजार अनुगमनलाई प्रभावकारी बनाउन विभागले निःशुल्क टेलिफोनमार्फत सूचना उपलब्ध गराउन आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय