२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

भदौ २३ र २४ को घटनासँग सम्बन्धित जाँचबुझ आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ।

बार एसोसिएसनका महासचिव केदार कोइरालाका अनुसार आज दिउँसो साढे १ बजे बार भवनमा सल्लाहकार समितिको आकस्मिक बैठक बस्ने तयारी गरिएको छ।

उनले आयोगको प्रतिवेदनले कानुन व्यवसायप्रति नै नकारात्मक सन्देश जाने गरी टिप्पणी गरेको आरोप लगाए। “कार्की आयोगले न्यायालय र कानुन व्यवसायको क्षेत्राधिकार बाहिर गएर बोल्यो। राम्रो/नराम्रो पक्ष जे होला, मूल कुरा कानुन व्यवसायप्रति नै आम जनमानसमा नकारात्मक सन्देश जाने गरी टिप्पणी आयो,” उनले भने।

यस विषयमा स्पष्ट धारणा बनाउन सल्लाहकारसहित आकस्मिक बैठक बोलाइएको उनले जानकारी दिए।

बार एसोसिएसनले जाँचबुझ आयोगको प्रतिवेदनले समग्र कानुन व्यवसायप्रति नै दुर्भावना फैलाउने किसिमको धारणा प्रस्तुत गरेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय