२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जेनजी आन्दोलन प्रकरणमा शनिबार पक्राउ परेका उनीहरूलाई काठमाडौँ जिल्ला अदालतले आइतबार पाँच दिनको म्याद थप गर्दै अनुसन्धान अघि बढाउन निर्देशन दिएको हो। अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार ज्यानसम्बन्धी कसुरमा दुवै जनामाथि अनुसन्धान गर्न म्याद थप गरिएको हो।

अदालतले ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्न समेत आदेश दिएको छ। पक्राउपछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा राखेर उपचार गरिँदै आएको छ।

यता, रमेश लेखकलाई भने महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार म्याद थपपछि पनि उनलाई सोही स्थानमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइनेछ।

सामान्यतया अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयको हिरासतमा राखिने प्रचलन भए पनि लेखक उच्च प्रोफाइलका व्यक्ति भएकाले सुरक्षाका कारण २ नम्बर गणमा राखिएको प्रहरीले जनाएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला उनीहरू प्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारीमा थिए। सो घटनाको छानबिनका लागि गठन गरिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उनीहरूलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो।

उक्त प्रतिवेदनलाई मन्त्रिपरिषद् बैठकले कार्यान्वयन गर्ने निर्णय गरेपछि शनिबार बिहान उनीहरू पक्राउ परेका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय