२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकका बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनहरू फरक–फरक इजलासमा परेको छ।

ओलीको निवेदन न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको छ भने लेखकको निवेदन न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ। दुवै निवेदन इजलासको पहिलो नम्बरमै परेको बताइएको छ।

ओलीको तर्फबाट उनकी पत्नी राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी हुन् भने लेखकको तर्फबाट उनकी पत्नी यशोदा लेखकले निवेदन दर्ता गराएकी थिइन्।

शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका ओली त्यसै दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। हाल उनी चिकित्सकको निगरानीमा उपचाररत छन्।

ओली र लेखकलाई भदौ २३ को घटनामा दमन गरेको आरोपमा जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिसका आधारमा पक्राउ गरिएको हो। आइतबार काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय