२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाल क्रिकेट संघ (क्यान)को शनिबार बस्ने तय गरिएको बोर्ड बैठक स्थगित भएको छ।

उपाध्यक्ष रोशन सिंहसहितको समूह बैठकमा अनुपस्थित भएपछि बैठक सञ्चालन हुन नसकेको हो। स्रोतका अनुसार उक्त समूहले बैठक बहिष्कार गरेपछि बैठक स्थगित गरिएको हो।

नेपाल प्रिमियर लिग (एनपीएल)को खर्च विवरण सार्वजनिक गर्न माग गर्दै रोशन सिंहसहित ८ जना बोर्ड सदस्यले गत जेठमा क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई ज्ञापनपत्र बुझाएका थिए।

ज्ञापनपत्र बुझाउनेमा दुर्गा पाठक, विक्रम विष्ट, माधव कर्माचार्य, वीरेन्द्र चन्द, अर्जुन पौडेल, प्रदीप मजगैया र जयन्ती भट्टसमेत रहेका छन्। तर, क्यानले हालसम्म उक्त खर्च विवरण उपलब्ध नगराएको भन्दै असन्तुष्ट पक्षले बैठक बहिष्कार गरेको जनाइएको छ।

शनिबारको बैठकमा साधारण सभा, बजेट, वार्षिक कार्यक्रम र अडिट प्रतिवेदनलगायत विषय एजेन्डामा राखिएका थिए।

बैठक स्थगित भएपछि अब बोर्ड बैठक सोमबारका लागि तय गरिएको छ। सबै सदस्यको उपस्थित सुनिश्चित गर्ने उद्देश्यले बैठक सारिएको क्यान अध्यक्ष चन्दले बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय