२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

नेपालले पहिलो पटक आयोजना गर्न लागेको महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता पुस ३० गतेदेखि माघ २० गतेसम्म सञ्चालन हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यो प्रतियोगिताले नेपाली महिला क्रिकेटका लागि ऐतिहासिक अवसर र कडा परीक्षा दुवै बोकेको छ।

१० देशको सहभागिता रहने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। यस समूहमा नेपालले नेदरल्यान्ड्स, जिम्बावे, थाइल्यान्ड र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। अनुभव र अन्तर्राष्ट्रिय प्रदर्शनका आधारमा यी सबै टोली बलिया मानिएकाले समूह ‘बी’ नेपाली टिमका लागि निकै चुनौतीपूर्ण देखिएको छ। समूह ‘ए’ मा भने बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका रहेका छन्।

प्रतियोगिताअघि नेपालले तयारीलाई तीव्र बनाएको छ। विश्वकप छनोटको तयारी स्वरूप नेपाली टोलीले आयरल्यान्ड र अमेरिकासँग अभ्यास खेल खेल्ने कार्यक्रम तय गरेको छ। अभ्यास खेलपछि नेपालले पुस ३० गते थाइल्यान्डविरुद्ध आफ्नो पहिलो प्रतिस्पर्धा गर्नेछ। त्यसपछि माघ ८ गते नेदरल्यान्ड्स, पुस १० गते जिम्बावे र पुस १२ गते स्कटल्यान्डसँग खेल्ने तालिका रहेको छ।

महिला विश्वकप छनोट पहिलो पटक आयोजना गर्न लागिएको नेपालका लागि यो प्रतियोगिता ऐतिहासिक मानिएको छ। क्यानका अनुसार प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानीका दुई मैदानमा सञ्चालन हुनेछन्।

विश्वकप छनोटमा स्थान बनाउने लक्ष्यसहित क्यानले नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्शल पाठकलाई नियुक्त गरेको छ। पाठकका लागि यो प्रतियोगिता नै पहिलो ठूलो जिम्मेवारी हुनेछ। हाल नेपाली टोली मुलपानीमा नियमित अभ्यासमा जुटिरहेको छ।

अभ्यासको दोस्रो चरणमा इन्दु बर्मा, रुविना क्षेत्री, सिता रानामगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, कविता कुँवर, राजमती ऐरी, साना प्रविन, इश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, काजोल श्रेष्ठ, रुवि पोद्दार र पुजा महतो सहभागी छन्।

घरेलु मैदानको फाइदा र तयारीको बलमा कठिन समूह पार गर्दै विश्वकपमा स्थान बनाउने लक्ष्यसहित नेपाली महिला टोली मैदानमा उत्रिने तयारीमा छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय