२०८२ चैत्र २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सुरु भयो रास्वपा सभापतिको कानुन व्यवसायीलाईनै महान्यायाधिवक्ता बनाएको बहस | अवैध भर्ना शुल्क फिर्ता नगर्ने विद्यालयलाई शिक्षा मन्त्रालयले कारबाही गर्न दियो निर्देशन | श्रम, संस्कृति पार्टीको उपसभामुखमा दाबी रहने : हर्क साम्पाङ | शंकर ग्रुप सम्पत्ति शुद्धीकरण प्रकरणमा नयाँ मोड, अध्यक्ष रिहा तर छोरा हिरासतमा | ओली–लेखकको प्रत्यक्षीकरण निवेदन सुनुवाइ हेर्दाहेर्दैमा | इन्धन संकटबीच सरकारको नयाँ व्यवस्था, कार्यालय समय ९–५ बजेसम्म | यसरी मिल्यो पुराना दलको राष्ट्रिय सभामा भागबण्डा | पेट्रोलियम संकटका कारण दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय | मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा दिउँसो १ बजे बस्दै | एनपीएल खर्च विवाद चर्किँदा क्यान बैठक प्रभावित |

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण (हाबस कोर्ट) निवेदनको सुनुवाइ आइतबार सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ।

आइतबार न्यायाधीश विनोद शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिए पनि सुनुवाइ सकिन नसकेपछि निवेदन सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

ओली र लेखकलाई जेएनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझका लागि गठित गौरीबहादुर कार्की आयोगको सिफारिसअनुसार प्रहरीले चैत १४ गते बिहानै हिरासतमा राखेको थियो।

पक्राउ गैरकानुनी भएको दाबी गर्दै ओलीको तर्फबाट उनकी पत्नी राधिका शाक्य र लेखकको तर्फबाट यशोधा थापाले रिहाइ माग गर्दै चैत १५ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए। चैत १६ गते सर्वोच्चले विपक्षी सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो।

सरकार पक्षबाट लिखित जवाफ आइसकेकोले सुनुवाइ अगाडि बढेको हो। त्यस्तै, प्रहरीले अझै उनीहरूलाई हिरासतमा राख्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा निवेदन पेश गरेको छ। जिल्ला अदालतको आदेश आउन बाँकी छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय