२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा बलात्कारसम्बन्धी मुद्दा दर्ता भएको छ।

अमेरिकामा अध्ययनरत छात्रा संगम बिष्टले आफूलाई बलात्कार गरिएको आरोप लगाउँदै प्रहरीमा एफआइआर दर्ता गराएकी हुन्। पारिवारिक स्रोतका अनुसार दुई दिनअघि न्यूयोर्क सिटी पुलिस डिपार्टमेन्ट (एनवाइपीडी)मा उजुरी दर्ता भएको हो।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको जनाइएको छ। यो मुद्दामा अमेरिकी प्रहरी र नेपाल प्रहरीबीच समन्वय हुने अपेक्षा गरिएको छ।

यसअघि संगमले सामाजिक सञ्जाल फेसबुकमार्फत एक वर्षअघि अमेरिका आएका बेला बलेसँग भेट भएको उल्लेख गरेकी थिइन्। उनले फ्ल्याट देखाउन लगेको समयमा आफूलाई जबरजस्ती करणी गरिएको दाबी गरेकी छन्।

उक्त स्टाटस सार्वजनिक भएको भोलिपल्टै नेपाल प्रहरीले सागर लम्साललाई पक्राउ गरी हिरासतमा राखेको छ। तर, नेपालमा भने उनीविरुद्ध बलात्कारसम्बन्धी औपचारिक जाहेरी परेको छैन।

जाहेरी नपरेको अवस्थामा प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारसम्बन्धी कसुरमा पाँच दिन म्याद थप गरेको थियो। कानुनअनुसार यस्तो कसुरमा बढीमा २५ दिनसम्म हिरासतमा राख्न सकिने व्यवस्था छ।

यसबीच संगम बिष्टको परिवारले कानुनी प्रक्रियाबारे वकिलहरूसँग परामर्श गरिरहेको बताइएको छ। नेपालमा पनि औपचारिक जाहेरी दिने वा नदिने भन्ने विषयमा अझै निर्णय भइनसकेको स्रोतले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय