२०८२ चैत्र २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
उडान ढिलो गर्ने एयरलाइन्सलाई कारवाही गर्न हर्क साम्पाङको माग | उपसभामुख चुनावले राष्ट्रवादी र ‘आयातित शक्ति’ छुट्याउने : ज्ञानेन्द्र शाही | राष्ट्रपतिको सम्बोधन: सरकार जनताको भावना अनुसार चल्नुपर्नेमा जोड | रास्वपा सभापति रविको निर्देशन: आफन्त नियुक्तिमा नलाग्न सांसदलाई चेतावनी | उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त | प्रधानमन्त्री बालेनको जिम्मेवारीमा रहेको मन्त्रालयमा वैदिकको दैनिक उपस्थिति, ‘छायाँ नेतृत्व’को चर्चा | शनिबार–आइतबार बिदा भए पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न निर्देशन | सिंहदरबारको उच्चस्तरीय बैठकमा प्लास्टिकको बोतल प्रयोग भएपछि आलोचना | नेपाल मेडिकल काउन्सिलको चेतावनी: २१ दिनभित्र बक्यौता तिर्न निर्देशन | सर्वोच्चमा कांग्रेस विवाद: आधिकारिकता र महाधिवेशन मुद्दा एकैसाथ सुनुवाइ |

नेपाल मेडिकल काउन्सिलले केही मेडिकल तथा डेन्टल कलेजहरूलाई विद्यार्थी भर्ना बापतको बक्यौता रकम २१ दिनभित्र बुझाउन निर्देशन दिएको छ।

काउन्सिलले सार्वजनिक सूचना जारी गर्दै पटक–पटक ताकेता गर्दा पनि रकम नबुझाउने प्रतिष्ठानहरूलाई तीन साताको (२१ दिन) अल्टिमेटम दिएको हो।

काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेका अनुसार स्नातक तथा स्नातकोत्तर तह सञ्चालन गर्ने कलेजहरूले बुझाउनुपर्ने बक्यौता रकम लामो समयदेखि नतिरेपछि यो निर्णय गरिएको हो।

सूचनामा तोकिएको समयभित्र रकम नबुझाएमा सम्बन्धित कलेज तथा प्रतिष्ठानमा विद्यार्थीको परीक्षण दर्ता तथा विदेशी नागरिक चिकित्सक शिक्षकहरूको दर्ता प्रक्रिया रोक्का गरिने उल्लेख गरिएको छ।

त्यसैगरी, समयमै बक्यौता नबुझाएमा सम्बन्धित कलेज तथा प्रतिष्ठानको विवरण सार्वजनिक गरिने काउन्सिलले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय