२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सम्हाल्दै आएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दैनिक कामकाजमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशान्त वैदिक सक्रिय रूपमा संलग्न देखिएका छन्।

मन्त्रिपरिषद्को कार्यविभाजनअनुसार प्रधानमन्त्री शाहले रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित हालै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका छन्। श्रममन्त्री दीपक साहलाई बर्खास्त गरेपछि उक्त मन्त्रालयसमेत प्रधानमन्त्रीकै जिम्मामा परेको हो।

यसमध्ये उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दैनिक कार्य सञ्चालनका लागि प्रधानमन्त्रीले आफ्ना निकट मानिने सांसद वैदिकलाई खटाएको  विभिन्न संचार माध्यमले पनि लेखेका छन् । प्यूठानबाट निर्वाचित वैदिक पछिल्लो एक सातादेखि नियमित रूपमा मन्त्रालय पुगेर कामकाजमा संलग्न हुँदै आएका छन्।

उनी औपचारिक रूपमा मन्त्री नभए पनि मन्त्रालयका सचिव, सहसचिव तथा मातहतका निकायहरूसँग नियमित बैठक गर्ने, ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने कार्यमा सक्रिय रहेको अधिकारीहरू बताउँछन्।

मन्त्रालय स्रोतका अनुसार विभिन्न निर्णयसम्बन्धी विषयमा सरसल्लाह लिने, दैनिक कामको रिपोर्टिङ गर्ने र आवश्यक निर्देशन दिने कामसमेत वैदिकमार्फत भइरहेको छ। उनको लागि मन्त्रालयभित्रै कार्यकक्षको व्यवस्था गरिएको छ र उनी हाल वाणिज्य सचिवको कार्यकक्षमा बसेर काम गरिरहेका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेका संस्थान, प्रतिष्ठान तथा विभागका प्रतिनिधिहरूले पनि नियमित रूपमा वैदिकसँग समन्वय गर्दै आएको स्रोतको दाबी छ।

एक उच्च अधिकारीका अनुसार वैदिक दैनिक रूपमा मन्त्रालयमा उपस्थित भएर सचिव र विभागीय प्रमुखहरूसँग छलफल गर्ने गरेका छन्। तत्काल आवश्यक निर्णयका विषयमा जानकारी लिने र निर्देशन दिने काम पनि उनैमार्फत भइरहेको बताइएको छ।

मन्त्रालयका एक सहसचिवका अनुसार प्रधानमन्त्री शाहले नै वैदिकलाई मन्त्रालयको कामकाज हेर्ने जिम्मेवारी दिएको र उनी प्रधानमन्त्री र मन्त्रालयबीच समन्वयकर्ताको रूपमा काम गरिरहेका छन्।

यद्यपि, यसबारे प्रतिक्रिया लिन वैदिकसँग सम्पर्क गर्ने प्रयास सफल हुन सकेको छैन।

वैदिक प्यूठानबाट निर्वाचित युवा सांसद हुन्। उनले हालै सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै प्रतिनिधिसभामा प्रवेश गरेका थिए। राजनीति र अर्थतन्त्रसम्बन्धी क्षेत्रमा सक्रिय रहँदै आएका उनी पछिल्लो समय ‘जेनजी आन्दोलन’सँग पनि जोडिएका थिए।

यसैबीच, मन्त्रालयभित्र उनको भूमिकालाई लिएर ‘छायाँ मन्त्री’को रूपमा काम गरिरहेको चर्चा पनि भइरहेको छ। औपचारिक रूपमा मन्त्री नियुक्ति नभए पनि निर्णय प्रक्रियामा उनको सक्रिय सहभागिता देखिएको भन्दै कर्मचारी वृत्तमा यस्तो टिप्पणी हुने गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय