२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

पूर्वनवयुवराज हृदयन्द्र शाहले जुम्ला भ्रमणका क्रममा बनाएको एउटा युट्युब भ्लग अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलिरहेको छ। धेरैले उक्त भ्लगको प्रशंसा गरिरहेका छन् भने केहीले यसलाई पूर्वराजपरिवारको ‘इमेज बिल्डिङ’ को प्रयास भन्दै आलोचना पनि गरेका छन्। तर सबैभन्दा तीव्र प्रतिक्रिया दिएकी छन्— माओवादी केन्द्रकी समानुपातिक सांसद छिरिङ ल्हामु लामा।

सांसद लामाले सामाजिक सञ्जालमा निकै लामो र भावुक स्टाटस लेख्दै हृदयन्द्र शाह र सम्पूर्ण राजतान्त्रिक परम्परामाथि कठोर प्रहार गरेकी छन्। उनले उक्त भिडियो ‘सामन्ती स्टन्ट’ भएको दाबी गर्दै राजतन्त्रकालमा जुम्लाले भोगेको उत्पीडन, गरिबी र बेवास्ताको स्मरण गराएकी छन्।

उनले लेखेकी छन्, “राजतन्त्रमा सामन्ती राजाका धेरै पुस्ताले नेपाली जनतामाथि दोहन गरेका छन्। अहिले उनका नातिले एउटा स्टन्टका लागि बनाएको भिडियोले त्यो ऋण चुक्ता हुन सक्दैन। उनी जस्तो सयौं पुस्ताले देश र जनताको सेवा गरे पनि त्यो शोषणको भार कहिल्यै मेटिँदैन।”

सबैभन्दा विवादास्पद अंशमा उनले हृदयन्द्र शाहको परिवारलाई “भोटे कुकुरको छाउरा हुर्केझै हुर्काएको साँढे प्रवृत्ति” भनेर टिप्पणी गरेकी छन्। उक्त भाषा प्रयोगप्रति सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया पनि देखिएको छ।

लामाले हृदयन्द्रको भ्लगलाई समाचार बनाएको मिडियामाथि समेत प्रश्न उठाएकी छन्। “यति धेरै मिडियाको हेडलाइन बन्नलाई पनि सामन्ती राजपरिवारकै हुनुपर्ने होइन त?” भन्दै उनले यथार्थ चित्रण गर्ने अन्य ब्लगरहरू, विशेष गरी सिर्जना सिज्जु जस्ता युवाको कामलाई मिडियाले बेवास्ता गरेको आरोप लगाइन्।

उनले थप भनिन्, “२३८ वर्षको राजतन्त्रले जुम्लामा सिटामोल पुर्‍याउन सकेन, तर गणतन्त्रले १५ वर्षमै बाटो, इन्टरनेट, स्वास्थ्य सेवा जस्ता सुविधा पुर्‍यायो। हृदयन्द्रले देखाएको जुम्ला गणतन्त्र नेपालको उपज हो, राजतन्त्रको होइन।”

सांसद लामाको टिप्पणीको एक खण्ड जुम्लाका प्रतिनिधिसभा सदस्य र राप्रपा सांसद ज्ञानेन्द्र शाहीप्रति पनि लक्षित देखिन्छ। उनले राजतन्त्रको समर्थन गर्दै संसदमा प्रवेश गरेका भन्दै, “हुँदाहुँदै एउटालाई त करोडौं लगानी गरेर संसदभित्र नै भित्र्याइसके” भन्ने वाक्यमा परोक्ष कटाक्ष गरेकी छन्।

अन्त्यमा उनले भनेकी छन्, “हृदयन्द्र शाह पूर्व राजपरिवारको सदस्य हुन्, तर राजपरिवारको सदस्यले पाइला टेकेको भूमि पवित्र हुन्छ भन्ने चेतनादेखि हामी माथि उठ्नुपर्छ। सिंहदरबार अब वंशको नामले होइन, जनताको विश्वासले पुगिन्छ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय