२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरूको सार्वजनिक गरिएको सम्पत्तिको स्रोतसमेत खुलाउन माग गरेका छन्।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको प्रसंग उल्लेख गर्दै स्रोत नखुलेको सम्पत्तिले शंका पैदा गर्ने बताएका हुन्।

साम्पाङका अनुसार, सरकारमा रहेका व्यक्तिहरूको सम्पत्ति कति छ भन्ने विवरण बाहिर आए पनि त्यसको आर्जन प्रक्रिया स्पष्ट नभएको बताएका छन्।

उनले लेखेका छन्— ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो १ अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो १ स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ १ स्रोत प्रष्टाइदिनु पर्छ १ जय देश १’

सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेपछि राजनीतिक वृत्तमा यसको समर्थन र विरोधमा बहस सुरु भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय