२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

आगामी वैशाख १७ गतेका लागि आव्हान गरिएको संघीय संसद्को अधिवेशन स्थगित गरिएको छ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन स्थगित गर्ने निर्णय गरेका हुन्। शीतल निवासबाट जारी विज्ञप्तिमा ‘विशेष कारणवश’ अधिवेशन स्थगन गरिएको उल्लेख गरिएको छ।

यसअघि राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आव्हान गरेका थिए।

तर आज पुनः अर्को पत्रमार्फत अधिवेशन स्थगन गर्न सिफारिस गरिएको स्रोतले जनाएको छ। उक्त पत्रमा नयाँ मिति भने उल्लेख गरिएको छैन।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्को बुधबारको सिफारिसका आधारमा अधिवेशन स्थगित गरिएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय