२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

वीरगन्ज महानगरपालिकाले सडक विस्तारपछि उत्पन्न अवस्थालाई मध्यनजर गर्दै घरभाडा अनावश्यक रूपमा नबढाउन घरधनीहरूलाई अनुरोध गरेको छ।

डिभिजन सडक हेटौँडाले गत आइतबार गण्डकचोकदेखि मितेरीपुलसम्मको मुख्य सडक अतिक्रमण गरेर बनाइएका संरचना भत्काएपछि प्रभावित व्यवसायीहरू भित्री सडकतर्फ सरेका छन्।

यसक्रममा भित्री क्षेत्रका घर तथा सटरको भाडा एक्कासी बढेको भन्दै गुनासो आउन थालेपछि महानगरले चासो दिएको जनाएको छ।

महानगरको राजस्व व्यवस्थापन महाशाखाले सार्वजनिक सूचना जारी गर्दै यस्तो अवस्थामा घरधनीहरूले अत्यधिक भाडा बढाउन दबाब दिने, बढी भाडाको लोभमा सम्झौता अवधि नसकिँदै व्यवसायीलाई हटाउन खोज्ने र अनधिकृत रूपमा धरौटी माग गर्ने जस्ता गतिविधि नगर्न सचेत गराएको छ।

महाशाखा प्रमुख मनोजकुमार कर्णका अनुसार घर, कोठा, सटर वा गोदाम बहालमा दिँदा दुवै पक्षबीच दबाबरहित सहमति हुनुपर्छ र यथार्थपरक भाडा दर निर्धारण गर्नुपर्नेछ।

उनले यस्तो सम्झौता सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गराएर मात्र प्रक्रिया अघि बढाउन पनि आग्रह गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय