२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे छानबिन गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन् ।

मन्त्री मेहताको सचिवालयका अनुसार ‘जेनजी’ आन्दोलनका क्रममा जलाइएका सवारीसाधनको नाममा समेत इन्धन लिने गरिएको पाइएको छ ।

यस विषयमा अनुसन्धान गर्न मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई निर्देशन दिएकी छन् ।

उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ वटा र मातहतका निकायका थप ६ वटा गरी कुल २४ सवारीसाधन जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।

तर ती सवारीसाधन काम नलाग्ने अवस्थामा पुगिसक्दा पनि सोही विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको प्रारम्भिक तथ्य फेला परेको सचिवालयले जनाएको छ ।

मन्त्रालयले यस विषयलाई गम्भीर रूपमा लिँदै विस्तृत छानबिन अघि बढाउने र दोषी देखिएकामाथि आवश्यक कारबाही गरिने जनाएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय