२०८३ बैशाख १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बस–ट्रक भाडा फेरि महँगियो | संसद् छलेर अध्यादेश ल्याइएको भन्दै नेपाल बारको आपत्ति | शुक्रबारदेखि नदीकिनारका अतिक्रमित बस्ती हटाइने | पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छिट्टै छानबिन सुरु हुन्छ : सभापति रवि लामिछाने | ‘स्ट्रीङ अप्रेसन’ तीव्र हुँदा अख्तियारको हिरासत ‘हाउसफुल’ | काठमाडौंमा ७० किमि प्रतिघण्टा वेगको हावाहुरी अझै १२ घण्टा असर रहने | सरकारलाई गगन थापाको चेतावनी, ‘यस्तै रवैया रहे सडकमा उत्रिन्छौँ’ | क्रिकेट विश्वकप लिग–२ मा ओमानले दियो नेपाललाई चुनौतीपूर्ण लक्ष्य | रास्वपा संसदीय दलमा बालेन अनुपस्थित ! अध्यादेशलगायत विषयमा छलफल | कांग्रेस संसदीय दल : बासना थापा प्रमुख सचेतक निश्कल राई सचेतक नियुक्त |

घुस लिने कर्मचारीविरुद्ध ‘स्ट्रीङ अप्रेसन’ तीव्र बनाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासत भरिभराउ भएको छ ।

टंगालस्थित अख्तियारको हिरासतमा पक्राउ परेका कर्मचारीहरूको संख्या बढ्दै जाँदा अहिले अवस्था ‘खचाखच’ बनेको छ । खुला रूपमा १७–१८ जनासम्म राख्न मिल्ने हिरासतमा अहिले १० जना कर्मचारी राखिएका छन् ।

घुससम्बन्धी मुद्दामा जहाँबाट पक्राउ परे पनि सबैलाई केन्द्रमै ल्याउनुपर्ने बाध्यता रहेको छ । देशभर एउटै विशेष अदालत भएकाले थुनाम्यादका लागि पनि काठमाडौं ल्याउनुपर्ने स्थिति रहेको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार ‘स्ट्रीङ अप्रेसन’ बढेसँगै हिरासतमा चाप परेको हो । उनका अनुसार पक्राउ परेका ११ जनामध्ये एक जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ भने बाँकी १० जना हिरासतमा छन् ।

हिरासत क्षमता नाघेमा पक्राउ परेकालाई प्रहरी हिरासतमा पठाउने गरिएको छ । तर पक्राउ परेकाहरू भने प्रहरीको तुलनामा अख्तियारकै हिरासतमा बस्न रुचाउने गरेका छन् । यहाँ एउटै प्रकृतिका मुद्दामा परेका व्यक्तिहरू हुने, बसोबास र भेटघाटको सुविधा सहज हुने कारण यस्तो भएको बताइएको छ ।

हाल हिरासतमा विभिन्न पदका कर्मचारी रहेका छन् । घुस लिएको आरोपमा पक्राउ परेका प्रहरी, अदालतका कर्मचारी, इन्जिनियर तथा अन्य सरकारी कर्मचारीहरू हिरासतमा छन् ।

प्रहरी नायब निरीक्षक दिनेश राउत, रौतहट जिल्ला अदालतका डिट्ठा लवकुमार सिंह, सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी, सहरी तथा भवन निर्माण आयोजनाका कर्मचारीहरू सुमन राई, इन्द्रबहादुर कार्की र रविन श्रेष्ठ, नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर महेन्द्र कुमार दास, वैदेशिक रोजगार विभागका नायब सुब्बा हेमबहादुर मस्राङ्गी लगायत हिरासतमा छन् ।

यसैगरी मालपोत कार्यालय भैरहवाका नायब सुब्बा ओमबहादुर खाम्चा मगर र कास्कीका प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्री पनि अख्तियारको हिरासतमा रहेका छन् ।

अख्तियारले पछिल्लो समय घुस नियन्त्रणका लागि ‘स्ट्रीङ अप्रेसन’लाई प्राथमिकतामा राख्दै आएको छ, जसका कारण पक्राउ पर्ने कर्मचारीको संख्या बढ्दै गएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय