२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

सार्वजनिक यातायातको भाडा फेरि बढेको छ। इन्धनको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले भाडा समायोजन गर्दै वृद्धि गरेको हो।

विभागले बुधबारदेखि लागू हुने गरी अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढाएको जनाएको छ। नयाँ निर्णयअनुसार यात्रुबाहक सवारीसाधन, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक र तराई क्षेत्रका मालबाहक सवारीसाधनमा ५ प्रतिशतले भाडा वृद्धि गरिएको छ।

यसअघि चैत २५ गते पनि सार्वजनिक यातायातको भाडा बढाइएको थियो। त्यसपछि फेरि इन्धनको मूल्य वृद्धि भएपछि पुनः भाडा समायोजन गरिएको विभागले जनाएको छ।

तर, यो भाडा वृद्धि विद्युतीय सवारीसाधनमा भने लागू नहुने स्पष्ट पारिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय