२०८३ असार ६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
हाइटीमाथि ३–० को सहज जितले ब्राजिल समूह ‘सी’ को शीर्षस्थानमा | अनुदान वास्तविक किसानसम्म पुग्यो कि पुगेन ? छानबिन गर्न कार्यदल गठन ! | रवि लामिछानेको राजनीतिक आधारभूमि चितवनमा रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन | संसदको रोष्ट्रमबाट ज्ञानेन्द्र शाहीको अर्थमन्त्री वाग्लेप्रति व्यंग्य ' शैक्षिक योग्यतानै इमानदारी होइन' | शिक्षामन्त्री पोखरेलद्वारा १५ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक | महाधिवेशनअघि रविको ‘पावर बुस्ट' : रवि लामिछाने रास्वपाका सर्वशक्तिशाली सभापति बन्दै | दक्षिण कोरियामाथि जित निकाल्दै मेक्सिको विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली | ३५ दिनमै सार्वजनिक भयो कक्षा १२ को नतिजा | राहदानी छपाइ अनियमितता अनुसन्धानमा आरजु राणालाई अख्तियारको तीन दिनको म्याद | रुपन्देही मुद्दाको तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने |

त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पदबाट राजीनामा दिने भएका छन्।

त्रिविमा हाल प्रा.डा. दीपक अर्याल उपकुलपति, प्रा.डा. खड्ग केसी शिक्षाध्यक्ष र प्रा.डा. केदार रिजाल रजिस्ट्रारका रूपमा कार्यरत छन्।

सरकारले विश्वविद्यालयसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पेस गरेसँगै नयाँ परिस्थितिमा सरकारलाई काम गर्न सहज वातावरण बनाउन उनीहरूले पद छोड्ने तयारी गरेका हुन्।

त्रिविका शिक्षाध्यक्ष खड्ग केसीका अनुसार तीनै जना पदाधिकारीले आजै राजीनामा दिनेछन्।

उनीहरूले कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्। त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था छ।

उपकुलपति अर्याल २०८२ असार २५ गते नियुक्त भएका थिए। उनलाई तत्कालीन प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले नियुक्त गरेका थिए।

त्यसअघि २०८० चैतमा शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल नियुक्त भएका थिए। उनीहरूलाई तत्कालीन प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी दिएका थिए। विश्वविद्यालयका पदाधिकारीको कार्यकाल चार वर्षको हुने व्यवस्था छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय