२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले अन्तिम बलसम्म पुगेको रोमाञ्चक प्रतिस्पर्धामा ६ रनको जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अन्तिम ओभरसम्म तनावपूर्ण बनेको खेल नेपालले आफ्नो पक्षमा पार्न सफल भयो। यूएईलाई अन्तिम ओभरमा १४ रन आवश्यक थियो।

ओभरको पहिलो बलमै खुजैमा तनवीरले चौका प्रहार गर्दै दबाब नेपालतर्फ धकेले। तर दोस्रो बलमा नन्दन यादवले उनलाई आउट गर्दै खेललाई फेरि नियन्त्रणमा ल्याए। त्यसपछि तेस्रो बलमा जुनैद सिद्धिकी रनआउट भए।

चौथो बलमा अक्षदीप नाथले चौका प्रहार गर्दै यूएईलाई पुनः खेलमा फर्काउने प्रयास गरे। त्यसबेला दुई बलमा ७ रन आवश्यक थियो। तर नन्दन यादवले पाँचौँ र छैटौँ बलमा कुनै रन दिन नदिँदा नेपालले खेल जित्न सफल भयो।

वर्षाले प्रभावित खेलमा यूएईले ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको थियो। तर यूएई ३८ ओभरमा ८ विकेट गुमाउँदै १४८ रनमा सीमित रह्यो।

यूएईका लागि मुहम्मद शहजादले ६५ रन बनाए भने खुजैमा तनवीरले ४९ रन जोडे। आर्यान्स शर्मा ३३ रनमा आउट हुँदा अक्षदीप नाथ ३६ रनमा अविजित रहे।

नेपालका बलर सन्दीप लामिछानेले तीन विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान दुई–दुई विकेट लिएर टोलीको जितमा महत्वपूर्ण योगदान गरे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रनको बलियो योगफल तयार गरेको थियो।

नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट शतकीय पारी खेले। उनले ९४ बलमा १०० रन बनाएर रनआउट भए। विनोद भण्डारीले ५६ रन जोडे भने कप्तान रोहित पौडेलले ३९ रन बनाए। गुलशन झाले ४४ रनको योगदान दिए।

यूएईका बलर अजय कुमार र जुनैद सिद्धिकीले दुई–दुई विकेट लिए। खुजैमा तनवीर र हैदर अलीले एक–एक विकेट लिए।

यस जितसँगै नेपालले श्रृंखलामा यूएईविरुद्ध लगातार दोस्रो जित हात पारेको छ। यसअघि नेपालले यूएईलाई ३७ रनले पराजित गरेको थियो।

घरेलु मैदानमा प्राप्त यस जितले नेपालको अंकतालिकामा स्थिति मजबुत बनाएको छ भने टोलीको मनोबल पनि उच्च बनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय