२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खसेपछि बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ।

ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्दा मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो।

सडक बन्द भएपछि बेनीदेखि मुस्ताङतर्फ र जोमसोमबाट बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटोमै रोकिएका छन्।

सडक अवरुद्ध हुँदा स्थानीयवासीसँगै मुस्ताङ भ्रमणमा जाने पर्यटक तथा मुक्तिनाथ दर्शनका लागि यात्रा गरिरहेका तीर्थयात्री पनि प्रभावित भएका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सीनाका अनुसार सडक विभागका उपकरण परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको छ।

महभिर क्षेत्रमा सडकभन्दा करिब पाँच सय मिटर माथिबाट बारम्बार पहिरो झर्ने समस्या रहेको स्थानीयले बताएका छन्। सामान्य वर्षा हुँदा पनि लेदोसहित पहिरो खस्ने भएकाले यो क्षेत्र सधैँ जोखिममा पर्ने गरेको छ।

पहिरोका कारण सडक अवरुद्ध मात्र होइन, यात्रु र सवारीसाधनका लागि दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको स्थानीयको भनाइ छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय