२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजाअनुसार ३.६० देखि ४.० जीपीए ल्याउने विद्यार्थी ४८ हजार ३९२ जना रहेका छन्।

बोर्डका अनुसार यस वर्ष एसईईमा कुल ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्षको तुलनामा नतिजा ४.१७ प्रतिशतले सुधार भएको देखिएको छ। गत वर्ष ६१.८१ प्रतिशत विद्यार्थी पास भएका थिए।

ग्रेडअनुसारको तथ्यांक हेर्दा १.६० देखि २.० जीपीए ल्याउने विद्यार्थी ७ जना मात्र छन्।

त्यस्तै २.० देखि २.४० जीपीए ल्याउने ५ हजार १९० विद्यार्थी रहेका छन्।

बोर्डको विवरणअनुसार २.४० देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५५ हजार ९७७ रहेको छ।

त्यसैगरी २.८० देखि ३.२० जीपीए ल्याउने विद्यार्थी ९४ हजार २२२ जना छन्।

३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ।

सबैभन्दा माथिल्लो श्रेणी ३.६० देखि ४.० जीपीए ल्याउने ४८ हजार ३९२ विद्यार्थी रहेका छन्।

यस वर्ष नन–ग्रेडेडमा १ लाख ४६ हजार ५०७ विद्यार्थी परेका छन्।

गत चैतमा सम्पन्न परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय