२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमित समूहले नेपालको पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा जनताको अर्बौं रुपैयाँ दुरुपयोग गरेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले पछिल्ला वर्षहरूमा वित्तीय तथा आर्थिक संस्थामाथि केही प्रभावशाली समूहको नियन्त्रण बढेको बताएका हुन् ।

उनले पुँजी बजारलाई पारदर्शी, व्यावसायिक र विश्वस्तरीय मापदण्डअनुसार अघि बढाउने सरकारको

लक्ष्य रहेको स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेले बजारमा कृत्रिम प्रभाव सिर्जना गरेर केही समूहले आर्थिक र राजनीतिक क्षेत्रमै प्रभाव जमाएको टिप्पणी गरे।

उनले विगतमा पुँजी बजारमा ठूलो मात्रामा हेरफेर भएको दाबी गर्दै जनताको १५ देखि १६ अर्ब रुपैयाँसम्म अपचलन भएको बताए।

“मार्केट म्यानिपुलेसन, इन्साइडर ट्रेडिङ र अकुत सम्पत्ति आर्जनका घटना देखिएका थिए,” उनले भने, “केही प्रभावशाली व्यक्तिहरूले आर्थिक संस्थामाथि समेत प्रभाव जमाउने अवस्था बनेको थियो।”

अर्थमन्त्री वाग्लेले अहिले सरकार संस्थागत सुधारको दिशामा अघि बढिरहेको पनि बताए।

उनका अनुसार स्टक एक्सचेन्जको पुनःसंरचनाका लागि गठन गरिएको समितिको प्रतिवेदन कार्यान्वयन गरिनेछ। साथै आगामी बजेटमार्फत पुँजी बजारसम्बन्धी उदार नीतिलाई थप विस्तार गरिने सरकारको तयारी छ।

उनले पुँजी बजारमा पारदर्शिता, लगानीकर्ताको विश्वास र नियामक निकायको प्रभावकारिता बढाउन आवश्यक सुधार अघि बढाइएको जानकारी दिए।

बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले ‘जेनजी आन्दोलन’लाई पनि परिवर्तनको महत्त्वपूर्ण कारकका रूपमा उल्लेख गरे। उनले उक्त आन्दोलनले मुलुकलाई गलत दिशातर्फ जानबाट जोगाउन भूमिका खेलेको दाबी गरे।

सरकारले सुशासनलाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गर्दै उनले पहिलो चरणमा सुशासनको आधार निर्माण र त्यसपछि विकास निर्माणका कामलाई तीव्रता दिइने बताए।

न्युज एजेन्सी नेपाल

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय