२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

सरकारले संविधान संशोधनको विषयमा छलफल गर्न जेनजी आन्दोलनका प्रतिनिधिहरुलाई आमन्त्रण गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत गठन गरिएको “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” को सचिवालयले जेनजी आन्दोलनका २० जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको हो।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा रहेको कार्यदलले आगामी शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित सगरमाथा हलमा छलफल आयोजना गर्ने जनाएको छ।

सचिवालयद्वारा जारी पत्रमा संविधान संशोधनसम्बन्धी बहस, सुझाव तथा धारणा संकलनका लागि जेनजी आन्दोलनका प्रतिनिधिसँग संवाद गर्न लागिएको उल्लेख गरिएको छ।

छलफलमा सहभागी प्रत्येक वक्तालाई तीन मिनेट समय दिइने बताइएको छ। साथै सहभागीहरूले लिखित सुझावसमेत पेश गर्न सक्ने व्यवस्था गरिएको सचिवालयले जनाएको छ।

छलफलका लागि बोलाइएका प्रतिनिधिहरुमा रक्षा बम, उपार्जुन चाम्लिङ, तनुजा पाण्डे, माजित अन्सारी, अर्पित चौधरी, रिजन रामामगर, अमृता बम, युगन राजभण्डारी, प्रभाष बस्नेत, पेमा वाङ्बु, टंक जैसी, यादव अर्याल, यतिस ओझा, जनक पोखरेल, आयुष बराल, सुदीप सेठ, अरुण सिंह नेपाली, विप्लवी न्यौपाने, साकेन राई र मोनिका निरौला रहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय