२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

बितेका २४ घण्टामा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार २९ सवारीचालक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न ट्राफिक नियम उल्लंघनका घटनामा कारबाही गर्दा राज्यकोषमा चार लाख १७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ५९ जना चालकलाई कारबाही गरिएको छ। यस्तै, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने ११९ जना पनि कारबाहीमा परेका छन्।

सङ्केत बत्ती उल्लंघन गर्ने १३२ जना र तीव्र गतिमा सवारी चलाउने २०८ जनालाई समेत ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ।

त्यसैगरी ‘लेन’ अनुशासन पालना नगर्ने ५७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ९४ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ९५ जना र एकतर्फी सडकमा सवारी चलाउने १२६ जनालाई पनि कारबाही गरिएको छ।

अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने एक हजार १३९ जना चालकसमेत कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय