२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकासामु ३ सय १८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १७ रन बनाएको हो।

टीयू मैदानमा नेपालले बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो। यसअघि नेपालले सन् २०२३ मा ओमानविरुद्ध ३ सय १० रन बनाएको थियो। ओडीआई क्रिकेटमा भने नेपालले स्कटल्यान्डविरुद्ध ३ सय २१ रन बनाएको कीर्तिमान कायम छ।

नेपालका लागि इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए। उनले ८३ बलमा ८ चौका र १ छक्का प्रहार गरे। कप्तान रोहित पौडेलसँग उनले तेस्रो विकेटका लागि १ सय १० रनको महत्वपूर्ण साझेदारी गरे।

कप्तान रोहित पौडेलले ५९ बलमा ४६ रन जोडे। उनले २ चौका र १ छक्का प्रहार गरेका थिए।

ओपनर कुशल भुर्तेल र आशिफ शेखले नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। दुवैले पहिलो विकेटका लागि १२.५ ओभरमा ६९ रनको साझेदारी गरे।

कुशल भुर्तेल ३९ बलमा २९ रन बनाएर आउट भए भने आशिफ शेखले ५७ बलमा ४३ रनको योगदान दिए।

मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा ५९ रन बनाए। उनले ४ चौका र ४ छक्का प्रहार गरे। गुल्सन झाले १५ रन बनाए भने सोमपाल कामी ५ रनमा रनआउट भए।

अमेरिकाका लागि शुभम रन्जानेले ३ विकेट लिए। रुसिल उगारकर र मिलिन्द कुमारले समान १–१ विकेट हात पारे।

नेपालले दिएको ३ सय १८ रनको लक्ष्य पछ्याउँदै अमेरिका केहीबेरमा जवाफी ब्याटिङमा उत्रनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय