२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्ग जोडिने पोखराको पृथ्वीचोकस्थित बसपार्क निर्माणको अभियान सुरु भएको झन्डै पाँच दशक पुगिसक्दा पनि योजना अझै पूरा हुन सकेको छैन ।

बसपार्कका लागि २०३२ सालमा अधिग्रहण गरिएको करिब दुई सय पाँच रोपनी जग्गामध्ये अहिले मात्र करिब २६ रोपनी खाली रहेको छ । बाँकी क्षेत्रमा जग्गा सट्टाभर्ना, बिक्री वितरणमा अनियमितता भएको आरोप लाग्दै आएको छ भने ठूलो संख्यामा सुकुमबासी परिवारका टहरा पनि रहेका छन् ।

यस विषयमा अब छानबिन हुने भएको छ । हालसम्म बसपार्क क्षेत्रको जग्गा मनोमानी रूपमा वितरण तथा बिक्री भएको विषयमा गम्भीर प्रश्न उठेपछि महानगरले औपचारिक छानबिन अघि बढाउने तयारी गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बसपार्क क्षेत्रलाई व्यवस्थित र आधुनिक बनाउने योजनासँगै देखिएका समस्या समाधान गरिने बताएका छन् । उनले जग्गा सट्टापट्टा र लालपुर्जा वितरणमा कमजोरी भएको गुनासो आएको उल्लेख गर्दै छानबिन गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार, “नपाउनुपर्ने व्यक्तिले सुविधा पाएको, असमान वितरण भएको भन्ने गुनासो आएका छन्। त्यसको सत्यतथ्य पत्ता लगाउन न्यायिक छानबिन समिति गठन गरिनेछ।”

बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको जग्गामा अहिले पनि संरचना, पसल, कबल र अन्य व्यापारिक गतिविधि सञ्चालनमा रहेका छन् । यसअघि वैशाख ४ गते जारी गरिएको ३५ दिने सूचना सकिएपछि शनिबार फेरि १५ दिने समयसीमा तोकिएको छ ।

छलफलपछि जग्गाधनीहरूले १५ दिनभित्र संरचना हटाउन सहमति जनाएका छन् । सोही अनुसार पोखरा उपत्यका नगर विकास समितिले पनि जग्गाधनी पुर्जा भएका क्षेत्रमा रहेका पसल, कबल, कम्प्लेक्स तथा पेट्रोल पम्प हटाउन सूचना जारी गरेको छ ।

सुकुमबासी व्यवस्थापन पनि सँगसँगै अघि बढाइने महानगरले जनाएको छ । हाल करिब पाँच सय ७५ सुकुमबासी तथा भूमिहीन परिवारले विवरण दर्ता गराएका छन् । यसअघि करिब चार सय परिवारको रेकर्ड रहेको थियो ।

महानगर प्रमुख आचार्यले वास्तविक सुकुमबासीको पहिचान गरी उचित व्यवस्थापन गरिने बताए । उनले बसपार्कलाई पोखराको गौरवको योजना भन्दै यसको पुनः निर्माण र व्यवस्थित विकासलाई प्राथमिकतामा राखिने जानकारी दिए ।

अधिग्रहण गरिएको जग्गामा विगतमा सट्टाभर्ना र सहुलियतका नाममा ठूलो क्षेत्रफल व्यक्तिको नाममा गएको देखिएको छ । विभिन्न विवरणअनुसार करिब २० रोपनी पाँच आना तथा १६ रोपनी १४ आना जग्गा बिक्री गरिएको पाइएको छ ।

हाल नगर विकास समितिको नाममा करिब एक सय ४८ रोपनी बाह्र आना जग्गाको मात्र लालपुर्जा रहेको छ । बाँकी क्षेत्रमा सुकुमबासी बस्ती विस्तार भएको छ ।

२०३६ सालतिर सुरु भएको बसोबास अहिले पाँच वटा टोलमा फैलिएको छ । धेरै घर अस्थायी भए पनि केही स्थानमा पक्की भवनसमेत बनेका छन् । बिजुली, पानी र ढलजस्ता सुविधा समेत विस्तार भएको देखिन्छ ।

समितिको स्वामित्वमा रहेको जग्गाबाट विभिन्न चरणमा घडेरी बिक्री भएको र तीमध्ये केहीमा टहरा बनाई भाडामा लगाइएको पनि पाइएको छ । अब हुने छानबिनले यस सम्बन्धमा स्पष्ट तथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय