२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

संसद् बैठक बहिष्कार गरेर बाहिरिएका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) माथि कटाक्ष गरेका छन्। संसद् परिसरमा पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने बताएका हुन्।

साम्पाङले प्रधानमन्त्री उपस्थित नभएसम्म आफूले बैठक बहिष्कार गरिरहने स्पष्ट पारे। संसद् नियमावलीको नियम १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीसँग केही प्रश्न राख्न खोजिएको उनले बताए।

उनले सभामुखसँग प्रधानमन्त्रीलाई बोलाउन वा आफूलाई बैठकबाट बाहिर निकाल्न आग्रह गरेको तर सुनुवाइ नभएको गुनासोसमेत गरे।

“सभामुखले रुलिङ पनि गर्नुहुन्न, निस्केर जा भन्नुहुन्छ कि भनेको त्यो पनि भन्नुहुन्न । म आफैँ निस्किएँ,” साम्पाङले भने।

प्रधानमन्त्री संसद्मा आएर बोल्नुपर्ने भन्दै उनले कडा टिप्पणी पनि गरे।

“प्रधानमन्त्री आएर बोल्नुस् त भनेको हो । यो मुख भात खानका लागि मात्रै हो र ? बोल्नु पनि पर्छ । यति क्षमता, योग्यता हुनुपर्छ क्या प्रधानमन्त्री बन्नका लागि,” उनले भने।

प्रधानमन्त्रीको संसद् उपस्थितिलाई लिएर पछिल्ला दिनमा सदनमा सत्ता र विपक्षीबीच लगातार विवाद भइरहेका बेला साम्पाङको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय