२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

काठमाडौँ महानगरपालिका सहकारी विभागमा बचतकर्ताबाट रकम फिर्ता गरिदिन माग गर्दै उजुरीको चाप बढेको छ। विभागका अनुसार हालसम्म छ हजार ३०० भन्दा बढी बचतकर्ताले करिब चार अर्ब ७७ करोड ४९ लाख २३ हजार रुपैयाँ फिर्ता गरिदिन माग गर्दै उजुरी दर्ता गरेका छन्।

सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार गत वैशाख १७ गतेदेखि हालसम्म निरन्तर उजुरी दर्ता भइरहेको छ। उजुरी दिने अधिकांश बचतकर्ताले एक लाखदेखि पाँच लाख रुपैयाँसम्म रकम फिर्ता माग गरेका छन्।

प्रमुख काफ्लेले दैनिक रूपमा उजुरी बढिरहेको जानकारी दिँदै साना बचतकर्ताको संख्या धेरै रहेको बताए। उनका अनुसार उजुरी दिने मध्ये करिब ७८ प्रतिशत साना बचतकर्ता छन्, जसले सामान्यतया ५०० देखि एक हजार रुपैयाँ दैनिक वा नियमित रूपमा बचत गर्दै आएका थिए।

विभागका अनुसार हालै काठमाडौँ महानगरपालिका–६ मा रहेको बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले केही बचतकर्तालाई रकम फिर्ता गरेको छ। उक्त सहकारीले एक लाख ५० हजार रुपैयाँसम्म बचत गर्ने ३४ जनाको रकम फिर्ता गरेको बताइएको छ।

त्यसैगरी, सहकारीले आगामी एक महिनाभित्र पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता गर्ने योजना बनाएको पनि विभागले जनाएको छ।

महानगरले ठूला बचतकर्ताका समस्याका लागि सहकारी विभागसँग समन्वय गर्दै ऋणीलाई समेत ताकेता गर्ने र बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ।

सहकारी विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको जनाएको छ। विभाग प्रमुख काफ्लेले भने, “हामीले निवेदन लिन्छौँ, त्यसपछि संस्थाका सञ्चालक र बचतकर्ताबीच छलफल गराएर मिलापत्र गराउने प्रयास गर्छौं।”

वडास्तरको छलफलबाट समस्या समाधान नभए विभागले थप पहल गर्ने र आवश्यक परेमा कारबाहीका लागि सिफारिस समेत गर्ने जनाएको छ। सहकारी सञ्चालक सम्पर्कमा नआए कानुनी प्रक्रिया अघि बढाइने विभागले स्पष्ट पारेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय