२०८३ जेष्ठ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

प्रतिनिधिसभा बैठक सहज रूपमा सञ्चालन गर्ने विषयमा सत्ता र विपक्षी दलका प्रमुख सचेतकबीच छलफल भएको छ। छलफलपछि रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी सभामुख भेट्न पुगेका छन्।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा रास्वपाका मुख्य सचेतक बुर्लाकोटी र विपक्षी दलका प्रमुख सचेतकहरूबीच छलफल भएको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए।

दुलालका अनुसार छलफलमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसद्‌मा दिएको विवादित अभिव्यक्ति सच्याउनुपर्ने र उक्त भनाइलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राखेका छन्।

उनले भने, “प्रधानमन्त्रीले आएर आफ्नै अभिव्यक्ति सच्याउनुपर्छ र रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो माग हो। यो केवल राजनीतिक विषय होइन, गम्भीर राष्ट्रिय विषय हो।”

विपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याए र गल्ती स्वीकारेमा समस्या समाधान हुन सक्ने तर त्यसो नभए संसद् बैठक अवरुद्ध गर्ने अडान कायमै राखेका छन्।

छलफलपछि रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी सभामुख डीपी अर्यालसँग भेट गर्न पुगेका छन्। संसद् सञ्चालन सहज बनाउन र राजनीतिक तनाव कम गर्ने विषयमा थप छलफल हुने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय