२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूको नामावली सार्वजनिक गर्दै उनीहरूले लुकाएको हुन सक्ने सम्पत्ति र रकमबारे जानकारी उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।

समितिले सार्वजनिक सूचना जारी गर्दै ती सहकारीका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति तथा रकम लुकाएको जानकारी भए कार्यालयलाई सूचित गर्न अनुरोध गरेको हो।

समितिले जारी गरेको सूचनामा सहकारी सञ्चालकहरूले बचतकर्ताप्रतिको दायित्व व्यवस्थापन, ऋण असुली, सम्पत्ति तथा अन्य स्रोत–साधनको पहिचान र व्यवस्थापनमा सहयोग गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, सम्बन्धित सञ्चालकहरूलाई नियमित रूपमा समितिको सम्पर्कमा रहँदै बचत फिर्ता, दायित्व व्यवस्थापन तथा नियमन प्रक्रियामा सहयोग गर्न पनि आग्रह गरिएको छ।

समितिले सहकारी संस्थाको सम्पत्ति तथा दायित्व व्यवस्थापनमा असहयोग गरे कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ।

सार्वजनिक गरिएको विवरणमा कुनै त्रुटि, फरक तथ्य वा अद्यावधिक गर्नुपर्ने विषय भए समितिको कार्यालयमा सम्पर्क गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो समय सहकारी पीडितको बचत फिर्ता प्रक्रिया प्रभावकारी बनाउन सम्पत्ति खोजी, ऋण असुली तथा जिम्मेवार पदाधिकारीहरूको विवरण संकलनलाई तीव्रता दिएको जनाएको छ।

https://www.coopmc.gov.np/content/13263/details-of-available-names-of-directors-of/ 

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय