२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

बागमती प्रदेशअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त पाँच सहकारी संस्थाका ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।

समितिको शुक्रबार बसेको बैठकले लालीगुराँस सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका कुल ११४ जना ठूला ऋणीको नाम सार्वजनिक गर्ने निर्णय गरेको हो।

समितिका अनुसार लालीगुराँस सहकारीका १३ जना, सुमेरु सहकारीका ३१ जना, नेशनल नमोबुद्धका ११ जना, दर्शन सहकारीका ५४ जना तथा सिभिल सहकारीका ५ जना ऋणीको नामावली सार्वजनिक गरिएको छ।

समिति सदस्य रामेश्वर ढकालका अनुसार समितिमा उपलब्ध ऋण विवरण तथा अभिलेखका आधारमा सम्बन्धित ऋणीहरूको नाम सार्वजनिक गरिएको हो।

समितिले सार्वजनिक गरिएका ऋणीहरूलाई सम्बन्धित सहकारी संस्थाबाट लिएको ऋण यथाशीघ्र चुक्ता गर्न आग्रह गरेको छ। बचतकर्ताको रकम फिर्ता तथा सहकारीको दायित्व व्यवस्थापनलाई सहज बनाउन ऋण असुली प्रक्रियालाई प्राथमिकता दिइएको समितिले जनाएको छ।

समस्याग्रस्त घोषित सहकारी संस्थाहरूको वित्तीय व्यवस्थापन सुधार तथा बचतकर्ताको हित संरक्षणका लागि समितिले आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय