२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले अभिनेता राजेश हमाललाई आफ्नो पार्टीमा आबद्ध गराउने इच्छा रहेको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले महानायक हमाललाई श्रम संस्कृति पार्टीमा ल्याउने चाहना व्यक्त गरेका हुन्।

साम्पाङले लेखेका छन्, ‘महानायक राजेश हमालज्यूलाई श्रम संस्कृतिमा ल्याउने धोको छ। जय श्रम। जय संस्कृति। जय माटो। जय देश।’

साम्पाङको यो अभिव्यक्ति सार्वजनिक भएसँगै राजनीतिक तथा सामाजिक वृत्तमा चर्चा सुरु भएको छ। उनले हालसम्म राजेश हमालसँग यस विषयमा कुनै औपचारिक छलफल भएको वा नभएकोबारे भने खुलाएका छैनन्।

यसअघि शुक्रबार अभिनेता हमालले नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसदमा दिएको अभिव्यक्तिप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका थिए।

श्रम संस्कृति पार्टी विस्तारको अभियानमा रहेका साम्पाङले यसअघि माओवादी पृष्ठभूमिका नेता सुदन किराँती नेतृत्वको समूहलाई आफ्नो पार्टीमा समाहित गरिसकेका छन्। उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पनि पार्टीमा ल्याउने प्रयास गरिरहेको बताउँदै निम्तो पठाइसकेको जानकारी दिएका छन्।

यद्यपि कुलमान घिसिङले यस विषयमा हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। अब साम्पाङले सार्वजनिक रूपमा राजेश हमाललाई पनि आफ्नो राजनीतिक अभियानसँग जोड्ने इच्छा व्यक्त गरेपछि त्यसले थप चासो पैदा गरेको

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय