२०८३ आश्विन २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

विश्वका सांस्कृतिक र प्राकृतिक सम्पदा स्थलहरूमध्ये झन्डै तीन चौथाइ कम वा बढी पानीका कारण खतरामा रहेको संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक एजेन्सीले मङ्गलबार बताएको छ ।

बढ्दो तापक्रमका कारण आँधीबेहरी, खडेरी, बाढी र तातो लहरलगायत चरम मौसमका घटनाहरू बारम्बार र तीव्र भएको वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

युनेस्को हेरिटेज सूचीमा रहेका सबै एक हजार एक सय ७२ गैर–समुद्री स्थलमध्ये ७३ प्रतिशत कम्तीमा एउटा पानीको तनाव, खडेरी, नदीको बाढी वा तटीय बाढीसहित गम्भीर पानीको जोखिममा रहेको युनेस्कोले बताएको छ ।

“विशेष गरी मध्यपूर्व र उत्तरी अफ्रिका, दक्षिण एसिया र उत्तरी चीन जस्ता क्षेत्रहरूमा पानीको तनाव तीव्र हुने अनुमान गरिएको छ, जसले इकोसिस्टम, सांस्कृतिक सम्पदा र तिनीहरूमाथि निर्भर समुदाय र पर्यटन अर्थतन्त्रका लागि दीर्घकालीन जोखिम खडा गरेको छ”, युनेस्कोले भन्यो ।

सांस्कृतिक स्थलहरू प्रायः पानीको अभावबाट खतरामा परेका थिए भने आधाभन्दा बढी प्राकृतिक स्थलहरूले नजिकैको नदीबाट बाढीको जोखिमको सामना गर्नुपरेको युनेस्कोको अध्ययनले देखाएको छ ।

“उदाहरणका लागि भारतमा आगराको ताजमहल स्मारकले पानीको अभावको सामना गरिरहेको छ जसले प्रदूषण बढाइरहेको छ र भूजल घटाउँदैछ, यी दुवैले समाधिमा क्षति पुर्‍याइरहेका छन्”, अध्ययनले भन्यो ।

युनेस्कोका अनुसार संयुक्त राज्य अमेरिकामा सन् २०२२ मा ठूलो बाढीले सबै येलोस्टोन राष्ट्रिय निकुञ्ज बन्द गरिदियो र पुनः खोल्न पूर्वाधार मर्मतका लागि दुई करोड डलरभन्दा बढी खर्च भयो ।

प्रतिवेदनले थप चारवटा उदाहरण दिएको छ ।

“इराकका दक्षिणी दलदलहरूले – बाइबलीय इडेन गार्डनको प्रतिष्ठित घर – अत्यधिक उच्च पानीको तनावको सामना गर्छन्, जहाँ मानवीय मागपूर्ति गर्न नवीकरणीय आपूर्तिको ८० प्रतिशतभन्दा बढी निकासी गरिन्छ”, अध्ययनमा भनिएको छ ।

यो क्षेत्र आगामी वर्षहरूमा तातो हुँदै जाँदा प्रवासी चराहरू बस्ने र बासिन्दाहरूले भैँसी पाल्ने दलदलहरूमा पानीको प्रतिस्पर्धा बढ्ने अपेक्षा गरिएको छ ।

स्कटल्यान्डका अन्वेषक डेभिड लिभिङस्टोनले पुनः नामकरण गर्नुअघि मूल रूपमा मोसी–ओआ–तुन्या (‘गर्जने धुवाँ’) भनिने जाम्बिया र जिम्बाब्वेको सिमानामा रहेको भिक्टोरिया फल्सले बारम्बार खडेरीको सामना गरेको छ र कहिलेकाहीँ कम हुँदै गएको छ ।

पेरुमा पूर्व–कोलम्बियाली सहर चान चान र यसको नाजुक एक हजार वर्ष पुरानो एडोब पर्खालहरूले नदीको बाढीको अत्यन्त उच्च जोखिमको सामना गरिरहेको युनेस्कोले बताएको छ ।

चीनमा जलवायु परिवर्तनका कारण बढ्दो समुद्री सतहले तटीय बाढी निम्त्याइरहेको छ । बाढीले प्रवासी पानीका चराहरूले खाना पाउने माटोको भूमि नष्ट गर्दछ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय