२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

ललितपुर प्रहरीले फुल्चोकी जङ्गल क्षेत्रमा भ्रमण गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। पछिल्लो समय उक्त क्षेत्रमा मानिस हराउने तथा सम्पर्कविहीन हुने घटना बढ्दै गएपछि यस्तो अनुरोध गरिएको हो।

गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी क्षेत्र घना जङ्गल, अपरिचित पदमार्ग, कमजोर मोबाइल नेटवर्क र अचानक बदलिने मौसमका कारण जोखिमपूर्ण बन्दै गएको प्रहरीले जनाएको छ। सोही कारण विद्यार्थी, पर्यटक तथा अन्य सर्वसाधारणलाई सतर्क भएर मात्र भ्रमण गर्न आग्रह गरिएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका सहायक प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार पछिल्लो एक वर्षमा फुल्चोकी क्षेत्रमा हराएका ६ वटा घटना दर्ता भएका छन्। ती सबै घटनामा हराएका व्यक्तिहरूलाई सकुशल उद्धार गरिएको उनले जानकारी दिए।

गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले सार्वजनिक बिदा र छुट्टीका दिन फुल्चोकी भ्रमणमा आउनेको संख्या बढ्ने गरेको बताइन्। तर, फर्किने क्रममा छोटो बाटो प्रयोग गर्ने प्रयास गर्दा धेरैजसो व्यक्ति हराउने समस्या देखिएको उनले उल्लेख गरिन्।

प्रहरी र स्थानीय तहले भ्रमणका क्रममा समूहमा मात्र यात्रा गर्न, सम्भव भए गाइडको सहयोग लिन, परिवार वा साथीलाई जानकारी दिएर मात्र जान, अपरिचित बाटो प्रयोग नगर्न तथा मोबाइल फोन, खानेपानी र आवश्यक सामग्री साथमा राख्न आग्रह गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय