२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

सेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। मंगलबार नेप्से परिसूचक १.५४ अंकले घट्दै २७३३ अंकमा कायम भएको छ।

दिउँसो १:२२ बजे नेप्से आजको न्यूनतम बिन्दु २७०२ अंकसम्म झरेको थियो। त्यसपछि बजार केही सम्हालिए पनि समग्रमा गिरावट नै देखिएको हो।

यसअघि पनि बजार लगातार तीन दिन घटेको थियो। बिहीबार १३ अंक, शुक्रबार ११ अंक र सोमबार २० अंकले नेप्से ओरालो लागेको थियो।

आज भने बजार घट्दा पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ४ अर्ब ८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको हो, जुन वैशाख १५ यताकै उच्च कारोबार हो।

आज १०५ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।

समूहगत सूचकतर्फ फाइनान्स समूह सबैभन्दा धेरै १.०१ प्रतिशतले घटेको छ। अन्य समूहमा उतारचढाव सीमित देखिएको छ।

बैंकिङ समूह ०.०३ अंक मात्र घटेको छ भने विकास बैंक ०.०६, लगानी ०.१२, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.२०, निर्जीवन बीमा ०.४६ र व्यापार समूह ०.३८ प्रतिशतले घटेका छन्।

अन्य समूह ०.२९, उत्पादन तथा प्रशोधन ०.२६, जलविद्युत् ०.०१ र होटल तथा पर्यटन समूह ०.१२ प्रतिशतले बढेको छ।

आज नयाँ सूचीकृत कम्पनीहरू सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। यी दुवै कम्पनी हालै मात्र बजारमा सूचीकृत भएका हुन्।

त्यस्तै सप्तकोशी विकास बैंक १०.९८ प्रतिशत, उपकार लघुवित्त ८.७० प्रतिशत र अपर हेवाखोला हाइड्रोपावर ६.१७ प्रतिशतले बढेका छन्।

क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ९.१६ प्रतिशतले घटेको छ। सामुदायिक लघुवित्त ७.३७ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंक ४.३९ प्रतिशत र मल्टिपर्पस फाइनान्स ३.०५ प्रतिशतले घटेका छन्।

आज धेरै कारोबार भएका कम्पनीमा सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत्, अपर हेवाखोला, नेपाल रिइन्स्योरेन्स, रिडी पावर र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय