२०८३ जेष्ठ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

जुम्लाको न्याउरीगाडमा निर्माणाधीन आरसिसी पुल तोकिएको समयमा सम्पन्न नहुने देखिएको छ। सम्झौताको अवधि सकिन करिब एक महिना मात्र बाँकी रहँदा पुलको काम सुस्त गतिमा अघि बढिरहेको छ।

जुम्ला विमानस्थल हुँदै मुगुको रारा ताल जाने छोटो मार्गमा पर्ने उक्त पुलको निर्माण २०८१ जेठ १३ गते सम्झौता भएको थियो। २०८३ असार ३० गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म प्रगति न्यून देखिएको छ।

निर्माण कार्यको हालसम्म दक्षिणतर्फको एउटा मात्र पिलर पूरा भएको छ भने उत्तरतर्फको पिलरको फाउन्डेसन तयार गरी सरिया सिधा गर्ने काम मात्र भएको छ। करिब तीन वर्ष पुग्न लाग्दा पनि काम सन्तोषजनक रूपमा अघि नबढेपछि स्थानीयवासीले समयमै सम्पन्न हुनेमा शंका व्यक्त गरेका छन्।

पुल जुम्ला सदरमुकामदेखि रारा ताल जोड्ने महत्वपूर्ण मार्गमा पर्ने भएकाले यसको रणनीतिक महत्त्व रहेको स्थानीयको भनाइ छ। पुल नबन्दा विशेषगरी बर्खायाममा स्थानीय, यात्रु तथा पर्यटकलाई जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको छ।

स्थानीयवासी लोकेन्द्र बुढाका अनुसार पुल नबन्दा पर्यटन प्रवर्द्धनमा समेत असर परेको छ। उनले निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्नुपर्ने भए पनि काम सुस्त गतिमा अघि बढिरहेको गुनासो गरे।

न्याउरीगाडको बाटो पानी पर्दा झन् जोखिमपूर्ण हुने गरेको छ। उकालो बाटो र चिप्लो सतहका कारण यात्रुहरूले कठिनाइ भोग्नुपरेको स्थानीयले बताएका छन्।

पुल निर्माणका लागि भ्याटसहित ७ करोड १८ लाख ५४ हजार ४१६ रुपैयाँ लागत अनुमान गरिएकोमा ५ करोड ५४ लाख ८६ हजार २४७ रुपैयाँमा ठेक्का सम्झौता भएको हो। योजना पूर्वाधार विकास कार्यालय जुम्लामार्फत कार्यान्वयन भइरहेको छ।

पूर्वाधार विकास कार्यालय जुम्लाका सिनियर डिभिजनल अधिकृत रुपक रावलले पुल निर्माणमा ढिलाइ भएको स्वीकार गर्दै हिमाली क्षेत्रमा मौसमका कारण काम प्रभावित हुने गरेको बताए। उनका अनुसार चिसो मौसमका कारण चैतसम्म सिमेन्टको काम गर्न नसक्दा निर्माणमा ढिलाइ भएको हो।

उनले हिमाली र तराई क्षेत्रका आयोजनामा एउटै समयसीमा लागू हुँदा समस्या हुने गरेको उल्लेख गरे। ठेकेदार कम्पनीले २०८४ असारभित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको पनि उनले जानकारी दिए।

पुल निर्माणको जिम्मा एमएसएनसी एमएनएसजेएनएस जेभी काठमाडौँले पाएको छ भने स्थानीय निर्माण व्यवसायी तुल्सी रावतले व्यवस्थापन गर्दै आएका छन्। स्थानीयवासीले भने अनुगमन कमजोर हुँदा विकास आयोजनाहरू समयमै सम्पन्न नहुने प्रवृत्ति बढेको गुनासो गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय