२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल |

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समयसीमा आज राति १२ बजेसम्म मात्र रहेको जनाएको छ।

पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले समयसीमा समाप्त हुन लागेकाले अध्यावधिक गर्न बाँकी रहेका सबै क्रियाशील सदस्यलाई आजै प्रक्रिया पूरा गर्न आग्रह गरेका छन्।

कांग्रेसका अनुसार अध्यावधिकका लागि योग्य ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये जेठ २७ गते साँझसम्म ४ लाख ५७ हजार ३६६ जनाले एसीआईडी प्राप्त गरिसकेका छन्। यस्तै, थप १ लाख २४ हजार ७४८ जनाले अनलाइन फाराम भरेर अध्यावधिक प्रक्रियामा सहभागी भइसकेका छन्।

महामन्त्री पौडेलले अन्तिम समयमा एकैपटक धेरैले फाराम भर्दा प्राविधिक समस्या आउन सक्ने भएकाले समय नसकिँदै अध्यावधिक गर्न आग्रह गरेका छन्। उनले कांग्रेसको वेबसाइटमार्फत सदस्यहरूले आफ्नै मोबाइलबाट सहज रूपमा प्रक्रिया पूरा गर्न सक्ने बताए।

सदस्यता अध्यावधिक गर्न कठिनाइ भए वडा सभापति वा जानकार व्यक्तिको सहयोग लिएर भए पनि तोकिएको समयभित्र प्रक्रिया पूरा गर्न उनले अनुरोध गरेका छन्।

पार्टीले सदस्यता व्यवस्थापनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन अनलाइन प्रणालीमार्फत अध्यावधिक अभियान सञ्चालन गरिरहेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय