२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

परराष्ट्रमन्त्री शिशिर खनाल यही आइतबार चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान गर्न लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले चीनको राजधानी बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।

वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हितका विषयमा छलफल गर्ने तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय समेटिने मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्च सरकारी पदाधिकारीहरूसँग समेत शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यसैबीच, बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा पनि उनी सहभागी हुनेछन्।

उक्त सम्मेलनमा मन्त्री खनालले नेपालमा विदेशी लगानीको सम्भावना र अवसरबारे चिनियाँ व्यवसायिक समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।

त्यसैगरी, चीनमा बसोबास गरिरहेका नेपाली समुदायसँग पनि मन्त्री खनालले भेटघाट तथा संवाद गर्नेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार चारदिने भ्रमण पूरा गरी मन्त्री खनाल आगामी जुन १७ मा काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय