२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ। विवरण अनुसार उनको नाममा विभिन्न कम्पनीमा लगानीदेखि सुन, नगद र बैंक मौज्दातसम्म रहेको उल्लेख गरिएको छ।

विवरणअनुसार मन्त्री खनालसँग काठमाडौंको टोखा नगरपालिका–१० मा ६ आना जग्गामा बनेको घर रहेको छ। उक्त घर २०५८ सालमा ३ लाख रुपैयाँमा खरिद गरिएको भए पनि अहिले घर सूर्यभक्त खनालको नाममा रहेको देखाइएको छ।

त्यस्तै, सूर्यभक्त खनालकै नाममा तनहुँमा १५ रोपनी पैतृक जग्गा, पूर्व नवलपरासीको देवचुलीमा १३ रोपनी र नेपालगञ्जमा २ कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख छ।

मन्त्री खनालसँग २२ तोला सुन, २५ तोला चाँदी र १० लाख रुपैयाँ नगद रहेको पनि विवरणमा देखाइएको छ।

बैंक खातातर्फ एमएमबी बैंकमा ३ लाख २० हजार, नबिल बैंकमा २ लाख १ हजार, राष्ट्रिय वाणिज्य बैंकमा २ लाख ६८ हजार, एनआईसी एशिया बैंकमा ४ लाख ५१ हजार र ग्लोबल आइएमई बैंकमा १७ हजार रुपैयाँ मौज्दात रहेको उल्लेख छ।

त्यसैगरी अच्युता अधिकारीको नाममा एभरेष्ट बैंकमा ४३ हजार र नबिल बैंकमा ४ हजार रुपैयाँ रहेको विवरणमा पनि उल्लेख गरिएको छ।

मन्त्री खनालको नाममा विभिन्न कम्पनीमा लगानी रहेको देखिएको छ। विवरणअनुसार पिक एन्ड ड्रप नेपालमा ३३ प्रतिशत, रिग्पा इन्टेल प्रालिमा १०० प्रतिशत र ताजा एग्रो फार्ममा १६ प्रतिशत स्वामित्व रहेको छ।

साथै बीपीडब्ल्यु माइक्रोफाइनान्समा २ हजार ५६० कित्ता र ओम मेगाश्री फर्मास्युटिकल्समा ५ हजार कित्ता सेयर रहेको पनि विवरणमा उल्लेख छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय