२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा भीरबाट टेम्पो खसाल्ने घटनामा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट गुल्टाइएको घटनापछि जिल्ला प्रहरी कार्यालय कैलालीले संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका एक प्रहरी अधिकारीका अनुसार घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न आइतबार बिहानैदेखि प्रहरी परिचालन गरिएको थियो।

प्रहरीका अनुसार अतिक्रमण हटाउने क्रममा डिभिजन वन कार्यालयका कर्मचारीसहितको समूहले टेम्पो भीरबाट खसालेको थियो।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक चर्चा भएको थियो। भिडियो भाइरल भएसँगै उक्त कार्यको आलोचना भएको थियो भने सरकारी अधिकारीहरूले समेत घटनाप्रति प्रश्न उठाएका थिए।

प्रहरीले हालसम्म १० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। घटनामा संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीको भनाइ छ।

घटनाको थप विवरण र जिम्मेवार पक्षबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय