२०८३ असार ७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
‘प्रिय रविजी...’ भन्दै गगन थापाले रास्वपालाई पठाए महाधिवेशन सफलताको शुभकामना | आजको मौसम : कोशीमा मेघगर्जनसहित भारी वर्षा, लुम्बिनी–सुदूरपश्चिममा गर्मी बढ्ने | लेबर पार्टीभित्र बढ्यो असन्तुष्टि बेलायती प्रधानमन्त्री स्टार्मरको बहिर्गमन हुन सक्ने | फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा | आजदेखि रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन | हाइटीमाथि ३–० को सहज जितले ब्राजिल समूह ‘सी’ को शीर्षस्थानमा | अनुदान वास्तविक किसानसम्म पुग्यो कि पुगेन ? छानबिन गर्न कार्यदल गठन ! | रवि लामिछानेको राजनीतिक आधारभूमि चितवनमा रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन | संसदको रोष्ट्रमबाट ज्ञानेन्द्र शाहीको अर्थमन्त्री वाग्लेप्रति व्यंग्य ' शैक्षिक योग्यतानै इमानदारी होइन' | शिक्षामन्त्री पोखरेलद्वारा १५ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। पार्टी स्थापनाको चार वर्ष पूरा भएकै दिन आयोजना गरिएको महाधिवेशनलाई रास्वपाले ऐतिहासिक कार्यक्रमका रूपमा प्रस्तुत गरेको छ।

महाधिवेशनको उद्घाटन समारोह भरतपुरस्थित गेस्टहाउस चौरमा अपराह्न आयोजना हुने कार्यक्रम छ। उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछानेले महाधिवेशनको उद्घाटन गर्नेछन्।

रास्वपाले महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। महाधिवेशनअघि बसेको केन्द्रीय समितिको बैठकले पार्टीको संशोधित विधान मस्यौदा पारित गर्नुका साथै प्रतिनिधिको संख्या पनि टुंगो लगाएको छ।

पार्टीका अनुसार महाधिवेशनमा देश तथा विदेशबाट गरी करिब चार हजार दुई सय प्रतिनिधिको सहभागिता रहनेछ। अधिकांश प्रतिनिधि शनिबार नै भरतपुर पुगिसकेका छन्।

तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा उद्घाटन सत्रपछि बन्दसत्र सुरु हुनेछ। बन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन तथा विधान मस्यौदा प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

विधान मस्यौदा पारित भएपछि महाधिवेशन नयाँ नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्नेछ। महाधिवेशनबाट पार्टीको आगामी नेतृत्व र संगठनात्मक संरचनाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा सभापति लामिछानेसँगै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाहले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। रास्वपाले संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूलाई समेत निमन्त्रणा दिएको छ। कार्यक्रममा अन्य दलका नेताहरूले शुभकामना मन्तव्य दिनेछन्।

महाधिवेशनको माहोलसँगै भरतपुर क्षेत्र रास्वपाका झण्डा, ब्यानर र स्वागत सामग्रीले सजिएको छ। स्थानीयवासीले पनि महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि तथा पाहुनालाई स्वागत गरिरहेका छन्।

रवि लामिछानेले २०७९ असार ७ गते रास्वपाको घोषणा गरेका थिए। पार्टी स्थापना भएको पाँच महिनापछि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले २१ सिट जितेको थियो। त्यसपछि गत फागुन २१ गते सम्पन्न निर्वाचनमा झण्डै दुई तिहाइ सिट जित्दै रास्वपा देशको सबैभन्दा ठूलो दल बनेको थियो।

रास्वपाले स्थापनाको चार वर्ष पूरा भएकै दिन पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गरेको हो। पार्टी हाल संघीय सरकारको नेतृत्वसमेत गरिरहेको छ। महाधिवेशनलाई रास्वपाको भावी राजनीतिक दिशा, नेतृत्व चयन र संगठन विस्तारसँग जोडेर महत्वका साथ हेरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय