२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीभित्रको अनुशासनहीनता, गुटबन्दी र नेतृत्वको गैरजिम्मेवारीपनप्रति कडा असन्तोष जनाउँदै आफू आमरण अनशन बस्नेसम्मको चेतावनी दिएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेता केसीले अहिले जनतामाझ पुराना राजनीतिक दलप्रति भरोसा हराउँदै गएको र नेपाली कांग्रेसले पनि सुधार नगरे गम्भीर संकट आउन सक्ने चेतावनी दिए।

“विगत केही वर्षदेखि राजनीतिक दलप्रति जनताको विश्वास कमजोर हुँदै गएको छ। पुराना पार्टीहरूले काम गर्दैनन् भन्ने सन्देश जनतामाझ फैलिसकेको छ,” उनले भने, “अब पनि गम्भीर भएर नसोच्ने हो भने परिस्थिति भयावह हुन सक्छ।”

उनले पार्टीभित्र बढ्दो गुटउपगुटको आलोचना गर्दै भने, “पार्टी व्यक्ति प्रधान होइन, संस्था प्रधान हुनुपर्छ। अहिले भने व्यक्तिको वरिपरि राजनीति घुमिरहेको छ। कसैलाई पेल्ने र कसैलाई बचाउने प्रवृत्तिले पार्टीलाई गलाइरहेको छ।”

केसीले पार्टीको अनुशासन समितिको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाउँदै निष्पक्षता र पारदर्शिताको माग गरे। उनले भने, “अनुशासन समितिले संविधानभन्दा माथि भएर काम गर्न मिल्दैन। यदि यसरी नै एक पक्षले अर्को पक्षलाई मनपरी ढंगले दबाउन खोज्यो भने, मैले आफैँ आमरण अनशन बस्नुपर्ने हुन्छ। यसको सम्पूर्ण जिम्मेवारी सभापतिले लिनुपर्छ।”

उनले नेपाली कांग्रेसको आगामी महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने माग गर्दै २०८२ मै महाधिवेशन हुनुपर्ने धारणा राखे। “अब मिति तय नगरी बस्ने अवस्था छैन। समय थप्ने हो भने थपेर पनि २०८२ मै महाधिवेशन गर्ने निर्णय गर्नुपर्छ,” उनले स्पष्ट पारे।

नेता केसीको यस कडा धारणा र अनशनको चेतावनीले नेपाली कांग्रेसको आन्तरिक राजनीति फेरि तातिएको छ। उनका अभिव्यक्तिले पार्टीभित्रको असन्तोष सतहमा आएको संकेत गर्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय