
२०८१ साल असार १५ मा दही–चिउरा खाने बहानामा भएको भेटले सुरु भएको कांग्रेस–एमाले सत्ता सहकार्य अन्ततः देउवा दम्पतीकै लागि महँगो पर्यो ।
असार १५ आर्थात आजको दिन शेरबहादुर देउवा र डा. आरजु राणा बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए। सोही भेटमा तत्कालीन प्रचण्ड नेतृत्वको सरकार परिवर्तन गरी कांग्रेस–एमाले गठबन्धन बनाउने सैद्धान्तिक सहमति भएको थियो ।
र त्यसपछि बनेको कांग्रेस–एमाले सरकारप्रति जनअसन्तुष्टि बढ्दै गयो। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, विपक्षीमाथि कारबाही र सरकारी गतिविधिप्रति बढेको असन्तुष्टिले एक किसिमले ‘जेनजी आन्दोलन’ को बीउ रोप्यो र देशनै छाड्न पर्यो ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
