२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि कानुनी संकट उत्पन्न भएको दाबी गर्दै नेतृत्व परिवर्तनको माग गरेकी थिईन त्यसपछि उनलाई पार्टीले स्पष्टीकरण  सोध्यो  तर उनले आफूलाई पार्टीबाट स्पष्टीकरण सोधिएको भन्ने समाचारलाई ‘निराधार हल्ला’ भन्दै खण्डन गरेकी छिन्।

शनिबार बुटवलमा पार्टीसम्बद्ध युवा संगठनद्वारा आयोजित कार्यक्रममा झाँक्रीले दिएको “अब काँधमा मरेको सिनो बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं” भन्ने अभिव्यक्तिपछि उनी पार्टीभित्र आलोचनाको केन्द्रमा छिन्।

त्यसपछि पार्टी महासचिव घनश्याम भुसालले ‘जथाभावी अभिव्यक्ति नदिन’ भन्दै अप्रत्यक्ष रूपमा झाँक्रीलाई लक्षित चेतावनी दिएका थिए।

तर, सोमबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाँक्रीले आफूलाई कुनै आधिकारिक रूपमा स्पष्टीकरण सोधिएको छैन भन्ने दाबी गरिन्।

उनले भनिन्, “केही शक्तिशाली पदाधिकारीहरूले मिडियामा स्पष्टीकरण माग्नुभएको रहेछ, तर मलाई त औपचारिक रूपमा केही आएको छैन। टेलिभिजनबाटै पार्टीबाट निकालिन्छ भन्ने सुन्नुपर्‍यो।”

उनका अनुसार, आफूले बोलेको विषयमा १५ गते पार्टीभित्र ‘कुनै क्रिया–प्रतिक्रिया नजनाउनु’ भन्ने निर्देशन समेत आएको थियो। “मैले त्यस निर्देशनलाई सम्मान गर्दै सचिवालय बैठकमै स्पष्टीकरण दिन्छु भनेर प्रस्ताव राखेकी हुँ,” झाँक्रीले भनिन्, “तर उहाँहरू त्यो निर्देशनको आड लिएर मलाई अपमान गर्न खोजिरहनु भएको छ।”

‘अर्ली महाधिवेशन नगरे पार्टी विघटन’

पतञ्जलि जग्गा प्रकरणमा मुछिएका अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा चलिरहेको सन्दर्भमा झाँक्रीले पार्टीको वैधता र नेतृत्वमा संकट उत्पन्न भएको बताउँदै अर्ली महाधिवेशनको माग गरेकी छन् ।

उनले , “अब संकट आयो भने भाग्ने होइन, पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। अध्यक्षमाथि कानुनी र नैतिक दुवै प्रश्न उठेकाले नेतृत्व फेर्न जरुरी छ।” भनेकी थिइन्

झाँक्रीले अर्ली महाधिवेशनमार्फत लोकतान्त्रिक रूपमा नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राखिन्। “हलबाट नेतृत्व छानौँ, नया ढंगले अगाडि बढौँ,” उनले जोड दिएकी  छन् ।

‘टीका लगाएर बनाएको केन्द्रीय समितिले पार्टी बन्छ?’

अहिलेको केन्द्रीय समिति कमजोर रहेको भन्दै झाँक्रीले भविष्यमा पार्टी विघटन हुने चेतावनीसमेत दिइन्।

“अस्ती मतदाता नामावली सारेर ल्याएर बनाइएको केन्द्रीय समितिबाट पार्टी टिक्दैन,” उनले भनिन्, “पार्टी बनाउनु छ भने चुनावबाट बनाऔं। होइन भने यो धेरै छिटो विघटन हुन्छ।”

झाँक्रीको यस्तो धारणा र प्रत्यक्ष आलोचनाले नेकपा एकीकृत समाजवादीभित्र नेतृत्वको संकट र आन्तरिक असन्तोष गहिरिँदै गएको प्रष्ट देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय