२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ (प्रि–क्वाटरफाइनल) को समीकरण पूरा भएको छ। नकआउट चरणको अन्तिम खेलमा घानालाई पराजित गर्दै कोलम्बियाले अन्तिम १६ मा स्थान बनाएपछि प्रि–क्वाटरफाइनलका सबै खेल तय भएका हुन्।

यसपटकको विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेका छन्।

नकआउट चरणबाट चार पटकको विश्वविजेता जर्मनीसहित क्रोएसिया, नेदरल्यान्ड्स, जापान, सेनेगल र नवप्रवेशी केप भर्डे प्रतियोगिताबाट बाहिरिएका छन्।

अब अन्तिम १६ मा क्यानडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्यान्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विट्जरल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ।

प्रि–क्वाटरफाइनलको पहिलो खेल शनिबार राति नेपाली समयअनुसार १०ः४५ बजे घरेलु टोली क्यानडा र मोरक्कोबीच हुनेछ। त्यसपछि आइतबार बिहान २ः४५ बजे पाराग्वे र फ्रान्स आमनेसामने हुनेछन्।

आइतबार मध्यराति १ः४५ बजे ब्राजिल र नर्वेबीच खेल हुनेछ भने सोमबार बिहान ५ः४५ बजे मेक्सिको र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

यस्तै सोमबार राति १२ः४५ बजे पोर्चुगल र स्पेनबीच खेल हुनेछ। मंगलबार बिहान ५ः४५ बजे आयोजक अमेरिका र बेल्जियम आमनेसामने हुनेछन्।

अर्जेन्टिना र इजिप्टबीचको खेल मंगलबार राति ९ः४५ बजे हुनेछ। त्यसपछि मध्यराति १ः४५ बजे स्विट्जरल्यान्ड र कोलम्बियाबीच अन्तिम प्रि–क्वाटरफाइनल खेल खेलाइनेछ।

मितिखेलसमय
शनिबारक्यानडा vs मोरक्कोराति १०:४५
आइतबारपाराग्वे vs फ्रान्सबिहान २:४५
आइतबारब्राजिल vs नर्वेराति १:४५
सोमबारमेक्सिको vs इंग्ल्यान्डबिहान ५:४५
सोमबारपोर्चुगल vs स्पेनराति १२:४५
मंगलबारअमेरिका vs बेल्जियमबिहान ५:४५
मंगलबारअर्जेन्टिना vs इजिप्टराति ९:४५
बुधबारस्विट्जरल्यान्ड vs कोलम्बियाराति १:४५

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय