
भारतको नयाँदिल्लीस्थित जन्तरमन्तरमा आमरण अनशनमा बसेका पर्यावरण अभियन्ता सोनम वाङ्चुकलाई प्रहरीले शनिबार बलपूर्वक अस्पताल लगेको छ।
पछिल्लो २० दिनदेखि भोक हड्तालमा रहेका वाङ्चुकलाई दिल्ली प्रहरीले हस्तक्षेप गरेर सफदरजंग अस्पताल पुर्याएको हो।
चिकित्सकहरूका अनुसार लामो समयदेखि अनशनमा बसेका कारण उनको स्वास्थ्य अवस्था कमजोर बनेको छ। दिल्ली प्रहरीका डीसीपीले वाङ्चुकको शरीरमा पानीको कमी भएको संकेत देखिएको बताएका छन्।
डीसीपीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘वाङ्चुकको गम्भीर स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै चिकित्सकहरूको सल्लाहअनुसार स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका लागि सफदरजंग अस्पताल लगिएको हो।’
दिल्ली प्रहरीले उनको उपचार विशेष चिकित्सकको निगरानीमा भइरहेको जनाएको छ।
तर वाङ्चुककी पत्नी गीताञ्जली जे आङ्मोले हाल कुनै उपचार नभएको र केवल स्वास्थ्य निगरानी तथा परीक्षण मात्र भइरहेको बताएकी छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
