२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

संघीय निजामती सेवा विधेयक, २०८२ मा उल्लेखित ‘कुलिङ पिरियड’ व्यवस्था विवादित बन्दै गएपछि प्रतिनिधिसभाले ७ सदस्यीय विशेष छानबिन समिति गठन गरेको छ। समितिको संयोजक नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री जीवन परियार चयन भएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले समितिको घोषणा गर्दै छानबिनका लागि २१ दिनको समय तोकिएको जानकारी दिए। संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन भएको यो विशेष समिति निजामती सेवासम्बन्धी विधेयकमा देखिएको कथित हेरफेर, त्रुटि वा स्वार्थप्रेरित संशोधनको पृष्ठभूमिमा बनेको हो।

सात सदस्यीय समितिमा विभिन्न दलबाट प्रतिनिधित्व गरिएको छ। नेपाली कांग्रेसबाट संयोजक जीवन परियारसँगै सांसद सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की समितिमा छन्। शनिबार सभामुखले प्रमुख दलका प्रमुख सचेतकहरूसँग परामर्श गरेर विशेष समिति गठन गर्ने सहमति जुटाएका थिए।

‘कुलिङ पिरियड’ भनिने प्रावधानले कुनै कर्मचारीले एउटा संवैधानिक वा अन्य जिम्मेवारीबाट अवकाश प्राप्त गरेपछि पुनः निजामती सेवामा फर्किन न्यूनतम अवधि कुर्नुपर्ने व्यवस्था गर्दछ। सो व्यवस्थामा प्रक्रिया र मस्यौदामा देखिएको कथित परिवर्तनले विवाद निम्त्याएपछि यसको निष्पक्ष छानबिनको माग बढेको थियो। समितिबाट निष्कर्ष आउनु प्रतिनिधिसभामा उक्त विधेयकको आगामी प्रक्रिया अघि बढाउन निर्णायक बन्ने अनुमान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय